माघ ६, काठमाडौं । नेकपा एमालेका पोलिटब्यारो सदस्य गोकुल वास्कोटाले नेकपा एमाले पाँच दलसँग एक्लै भिडन तयार रहेको बताएका छन् । पाँच दलीय गठबनलाई उपियाको शंज्ञादिंदै बास्कोटाले चुनाव घोषणा गर्न डराइरहेको तोला न छडाकको गठबन्धनसँग एमालेले एक्लै चुनाव लड्न तयार रहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका हुन्, ‘फेरि भन्छु( पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ ।’