• २०८३ असार १२ गते शुक्रवार

मेचिमहाकाली बुहारी संयुक्त आवाज काठमाडौंद्वारा धादिङको विद्यालयलाई सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, धादिङ । मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौंले धादिङमा स्कुलको स्विटर र टोपी वितरण गरेको छ। मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौंले धादिङको सल्यानटारस्थित सल्यानटार माध्यमिक विद्यालय र कमला देवि आधारभुत विद्यालयमा ३१० जनालाइ स्कुल ड्रेसको स्विटर र टोपी बितरण गरिएको हो।

महिला तथा बालबालिका हिंसा विरुद्धको अभियानको रुपमा स्थापना भएको सस्थाले सबै क्षेत्रमा यस्ता सामाजिक कार्य गरिरहेको छ। उक्त कार्यक्रममा संयोजक अन्जिला श्रेष्ठ, सचिव रेखा थापा, कोषाध्यक्ष हिमा शेरचन र सदस्यहरु ईश्वरि श्रेष्ठ, राममाया श्रेष्ठ र समाजसेवि जगत नारायन श्रेष्ठको उपस्थित रहेको थियो।

कार्यक्रममा बिगत १४ वर्षदेखि रुखबाट लडेर अपांग भएकी धन कुमारी कुमाललाई ह्विल चियर दिएको छ भने यस्तै आँपको रुख बाट लडेर बिगत १० बर्स देखि ह्विलचियरको सहारामा जीवन बिताइरहेको अन्जन कुमार श्रेष्ठलाई पनि ह्विलचियर प्रदान गतेको छ। सल्यानटार माध्यमिक विद्यालयलाई बिरामी बोक्ने स्ट्रेचर पनि प्रदान गरेको छ साथै माक्स र सेनिटाइजर पनि उपलब्ध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस