• २०८३ जेष्ठ ४ गते सोमवार

काठमाडौं उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौं। काठमाडौँ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने छ ।

भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाडौँ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ ।

अहिले फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाडौँ र ललितपुरबाहेकका अरु जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको छ । बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस