• २०८३ असार ६ गते शनिवार

जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, जापान । जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो। जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ।अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।

Sharing

प्रतिक्रिया दिनुहोस