• २०८३ मङ्सिर ४ गते बिहिवार

देशलाई विकासको बाटोमा अग्रसर गराउने वर्तमान सरकारको नीति : मन्त्री कार्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई विकास निर्माणमा अग्रसर गराउने वर्तमान सरकारले नीति लिएको बताउनुभएको छ । शिलान्यास गर्दै मन्त्री कार्कीले जनतालाई अधिकार सम्पन्न बनाएर देशलाई विकासमा अग्रसर बनाउने वर्तमान सरकारले नीति लिएको र सोहीअनुसार कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

जनचहनाअनुसार नै तीन तहको सरकारले देशमा भएको बेरोजगारी र गरिबी अन्त्य गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले त्यो दायित्व पूरा गर्न नसक्ने व्यक्तिले नेतृत्व गर्न नसक्ने दाबी गर्नुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएका बेलामा देशमा कोरोना खोपको अभाव भएकामा अहिले त्यो समस्या समाधान भएर गएको र प्रर्याप्त मात्रामा खोप आपूर्ति भएको मन्त्री कार्कीको भनाइ थियो । वर्तमान सरकारले देशलाई छिटोभन्दा छिटो समृद्धिको बाटोमा अगाडि बढाउन काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस