पौष ८, कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब १२ बजे सडकछेउमा रोकिराखेको ना७ख ९१२४ नम्बरको ट्रकमा ग२१प ४४६० नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाइएको छ । ट्रक चालकलाई प्रहरीचौकी नौडाँडाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।