• २०८३ जेष्ठ ३१ गते आइतवार

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच फोनवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ७, मस्को । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच मंगलबार फोनवार्ता भएको समाचारमा जनाइएको छ । उहाँहरुबीच मंगलबार फोनमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको हो ।यसअघि पनि उहाँहरुबीच गत हप्तामात्र कुराकानी भएको थियो । मंगलबार भएको सो फोनवार्तामा खास गरी उहाँहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।

त्यसक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनसँग त्यहाँको विवाद समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिनु भएको थियो । कुराकानीमा युक्रेनबारे पनि छलफल भएको थियो ।युक्रेनको पछिल्लो अवस्थाबारे पुटिनले म्याक्रोनलाई जानकारी गराउनुभएको क्रेमलिनले जानकारी दिएको छ । क्रेमलिनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उहाँहरुका बीचमा नेटोका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

दुई देशका राष्ट्रप्रमुखबीच हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावबारे पनि कुराकानी भएको र उहाँहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस