पुष ७,काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा सेभिया बार्सिलोनासँग बराबरीमा रोकिएको छ ।मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सेभियालाई बार्सिलोनाले १-१ गोलको बराबरीमा रोकेको हो । खेलमा बार्सिलोनाको लागि रोनाल्ड अराउजोले एक गोल गरे भने सेभियाको पपु गोमेजले एक गोल गरेका थिए।खेलमा पहिलो अग्रता सेभियाले लिएको थियो ।
खेलको ३२ औं मिनेटमा पपु गोमेजले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको ५९ औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गर्दै खेल बराबरीमा फर्काए ।खेलको ६४ औं मिनेटमा सेभिया १० खेलाडीमा समेटिएको थियो ।सेभियाका जुल्स कोउन्देले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा बार्सिलोनाले उठाउन सकेन।
बराबरीसँगै सेभियाको १८ खेलबाट ३८ अंक छ र दोस्रो स्थानमा छ ।बार्सिलोनाको १८ खेलबाट २८ अंक जोडेको छ र सातौं स्थानमा छ।