• २०८३ जेष्ठ २२ गते शुक्रवार

माओवादीले विधानमा प्रयोग गरिएका शब्द ‘संविधान विपरित’ : निर्वाचन आयोगले लगायो रोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)को अन्तरिम विधानमा रहेका केही शब्दावली राख्न रोक लगाएको छ ।माओवादी केन्द्रले ‘अन्तरिम विधान २०७८’ मा राखेको प्रस्तावनामा उल्लेखित ‘वर्ग संघर्ष, साम्यवादी दिशामा अघि बढ्नु, जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा’ लगायतका शब्दावली नेपालको संविधानको प्रस्तावना र धारा ५६ को उपाधारा (६) समेतको प्रतिकूल हुने आयोगको ठहर गर्दै आयोगले ती शब्दावलीहरू अध्यावधिक नगर्ने निर्णय गरेको हो ।

आयोगले उक्त विषय अभिलेखिकरण गर्न नसक्ने जानकारी माओवादी केन्द्रलाई पठाएको छ । माओवादीले हालै अन्तरिम विधान अध्यावधिकका लागि आयोगलाई बुझाएको थियो । उक्त विधान राष्ट्रिय सम्मेलनबाट संशोधन हुने बताइएको छ । माओवादीले ती शब्दहरू प्रयोग गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस