• २०८३ बैशाख १० गते बिहिवार

ठगीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, सप्तरी । जबरजस्ती करणी मुद्दा लगाई दिन्छु भनी १ लाख नगद ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र सोही नगरपालिका लालपट्टी बस्ने ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

रुबिनाले पीडित महिलालाई मंसिर ३ गते दिउँसो फोन गरी तेरो लोग्‍नेले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो भने मलाई ४ लाख दिनुपर्छ, नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाईदिन्छु भनी बार्गेनिङ गरी मंसिर १० गते पीडितसँग १ लाख रकम लिई ठगी गरेको घटनामा संलग्न रहेकामध्ये रुबिनालाई पुस १ गते र रहमानलाई मंसिर २१ गते ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस