• २०८३ कार्तिक १८ गते मङ्गलवार

एमाले खोटाङका इन्चार्ज र सह–इन्चार्ज तोकिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, खोटाङ । नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो ।

भट्टराई पुन: जिल्ला इन्चार्जमा दोहोरिएका हुन् । खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्ज, केन्द्रीय सदस्यमा मनोनित रमेश पौडेललाई नेपाल खेलकुद महासंघ सह–इञ्चार्जको भूमिका दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस