• २०८३ बैशाख ३१ गते बिहिवार

काग्रेस वरिष्ठ नेता पौडेलद्धारा सभापती देउवालाई बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २९, पाल्पा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । १४औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता पौडेलले बधाई दिएका हुन् ।

“सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्” पौडेलले शुकामना सन्‍देशमा भनेका छन् । उनले बधाई दिदैं लेखेका छन : नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछु । साथै, सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।

हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् । जय नेपाल ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस