• २०८३ जेष्ठ २ गते शनिवार

सरकारले सदन खुलाउने प्रयास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २९,काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिनुभएको छ ।

नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याउनुभयो । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस