मंसिर २९, काठमाडौंं। आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया सफा रहने भए पनि देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ ।
नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा छ । देशभर चिसो बढिरहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।