• २०८३ जेष्ठ ४ गते सोमवार

“ए” डिभिजन लिगमा सङ्कटाले पुलिसलाई हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २७, काठमाडौँ । शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा आज सोमवार भएको पहिलो खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई एक–शून्य गोल अन्तरले हराएको हो ।

सङ्कटाका लागि खेलको १८ औँ मिनेटमा निरज बस्नेतले गोल गरे । जितसँगै सङ्कटा आठ अङ्कसहित चौथो स्थानमा पुगेको छ । पुलिस पाँच अङ्क जोडेर सातौँ स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस