• २०८३ जेष्ठ २७ गते बुधवार

भेरी अस्पतालमा बर्दियाका एक पुरुषको कोरोनाबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

मंसिर ४ गते बर्दियामा पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो । मंगलबार राती साढे १० बजे उनको मृत्यु भएको वलीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस