• २०८३ जेष्ठ ५ गते मङ्गलवार

भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्ति भएका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा भण्डारी हटाउने सरकारले निर्णय गरेको थियो ।

सरकारको उक्त सो निर्णविरुद्ध भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतको अन्तरिम आदेशसँगै भण्डारी पुनर्बहाली हुनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस