मंसिर २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय १५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार १ सय २ जना पुगेको छ ।आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ५२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ५२ सय ५ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ जना पुगेको छ ।