• २०८३ जेष्ठ १७ गते आइतवार

आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । काठमाडौँको सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ- १६ सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री, मोबाइल लुटपाट गरि फरार रहेका ४० बर्षिय गणेश कार्कीलाई प्रहरीले काठमाडौँको मनोहरा करिडोरबाट पक्राउ गरको छ ।

पक्राउ गर्ने क्रममा समेत प्रहरीलाई खुर्सानीको धुलो आँखामा हालेर खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस