• २०८३ असार १ गते सोमवार

पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल हाजिर जमानीमा रिहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनको समयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छवि रिजाल हाजिर जमानीमा रिहा भएका छन् । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले बयान लिएको थियो ।

प्रहरी स्रोतका अनुसार रिजाललाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छोडिएको छ । गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगको सिफारिसका आधारमा प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस