• २०८३ असार ६ गते शनिवार

काँग्रेस देउवा पक्षको केन्द्रीय समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।

आज धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेदेखि शुरु हुने बैठक भोली सम्म बस्ने बताइएको छ । विशेष महाधिवेशन पक्षधर समुहले महाधिवेशनको मिति घोषणा गरेर अगाडी बढेपछि देउवा पक्षले समानान्तर गतिविधि अगाडी बढाएको हो । यसआघ देउवापक्षले सोमबार नवनिर्वाचित सांसदहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस