• २०८३ जेष्ठ २७ गते बुधवार

यू-१९ महिला साफ च्याम्पियनसिप: नेपाल भारतसँग १-० ले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं । नेपालले आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत खराब शुरुवात गरेको छ । पहिलो खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । भारतको जितमा पर्ल फर्नानडेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस अघि आजै सम्पन्न खेलमा बंगलादेशले भुटानलाई १२-० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिएको यस प्रतियोगितामा अब अर्को खेल फेब्रुअरी २ मा भारत र बंगलादेश तथा नेपाल र भुटानबीच हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस