• २०८३ बैशाख ९ गते बुधवार

नेपालले मुम्बई-११ लाई दियो १८४ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई-११ लाई १८४ रनको लक्ष्य दिएको छ । मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा जारी दोस्रो अभ्यास खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको हो ।

नेपालका लागि आरिफ सेखले अविजित ६६ तन बनाए भने सन्दीप जोराले ३१, गुलशन झाले २३, आसिफ सेखले २५ र लोकेश बमले १५ रन बनाएका थिए । यस सम्पन्न पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस