• २०८३ असोज १४ गते बुधवार

राससका प्राविधिक प्रमुख दत्तलाई मातृशोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौं ।  राष्ट्रिय समाचार समिति (रासस)का प्राविधिक प्रमुख धिरेन्द्रकुमार दत्तलाई मातृशोक परेको छ । उहाँकी आमा रत्नादेवी दत्तको ७३ वर्षको उमेरमा आज धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँ मधुमेह एवं उच्च रक्तचापलगायतका समस्याबाट पीडित हुनुहन्थ्यो । रत्नादेवीको तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै जनकपुरस्थित गङ्गासागर पोखरी नजिक रहेको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको जेठा छोरा धिरेन्द्रले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस