साउन १४, काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा मुलुकको शान्ति–सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय तथा राष्ट्रिय सभाका गतिविधिबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

भेटका क्रममा मुलुकका समसामयिक विषयमा आपसी विचार आदानप्रदानसमेत भएको जनाइएको छ।