• २०८३ साउन १४ गते बिहिवार

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता, शीर्ष स्थान हासिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १४, काठमाडौं ।  ब्रिटिश एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीए (Association of Chartered Certified Accountants) को जून २०२६ परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । कलेजका विद्यार्थीहरूले नेपालभर प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्नुका साथै विश्वस्तरमा समेत उत्कृष्ट स्थान सुरक्षित गरेका हुन् ।

एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर तथा लाइसेन्स प्राप्त कम्प्युटर–आधारित परीक्षा (सीबीई) केन्द्र रहेको ब्रिटिश प्रोफेशनल कलेजले गुणस्तरीय शिक्षा, अनुभवी अध्यापक तथा व्यावसायिक मार्गदर्शनमार्फत अन्तर्राष्ट्रिय स्तरको वित्त तथा लेखा शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।

जून २०२६ परीक्षा सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूमा सहारा मगीया (पीएम) ले नेपाल प्रथम र विश्व आठौं स्थान, आशुतोष शर्मा (एसबीआर) ले नेपाल प्रथम र विश्व ११औँ स्थान तथा नेहा खतिवडा (एसबीएल) ले नेपाल प्रथम र विश्व १८औँ स्थान हासिल गरेका छन् ।

यस्तै, राकेश साह (एसबीआर)ले नेपाल द्वितीय र विश्व १३औँ स्थान, शेलिस्मा सिवाकोटी (पीएम) ले नेपाल तृतीय र विश्व १३औँ स्थान तथा आशास्वी कुमारी श्रेष्ठ (एटीएक्स) ले नेपाल द्वितीय र विश्व १७औँ स्थान प्राप्त गरेका छन् ।

विद्यार्थीहरूको उपलब्धिप्रति बधाई व्यक्त गर्दै ब्रिटिश एजुकेसन ग्रुपका हेड अफ प्रोफेशनल एजुकेसन दीपेन्द्र के. श्रेष्ठले विद्यार्थीहरूको अथक मेहनत र अध्यापकहरूको समर्पणकै परिणामस्वरूप यस्तो सफलता सम्भव भएको बताए ।

उनले ब्रिटिश प्रोफेशनल कलेज उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यार्थीहरूले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो क्षमता प्रमाणित गरेको बताए ।

उनले एसीसीए अध्ययन गर्न इच्छुक विद्यार्थी तथा वित्तीय क्षेत्रका पेशेवरहरूलाई ललितपुरको चाकुपाटस्थित कलेज परिसरमा आएर सेप्टेम्बर इन्टेकका लागि भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरे । उनले सीमित सिट रहेकाले समयमै भर्ना गर्न समेत अनुरोध गरे ।

ब्रिटिश एजुकेसन ग्रुप अन्तर्गत रहेको ब्रिटिश प्रोफेशनल कलेज नेपालमा वित्त तथा लेखा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने अग्रणी शैक्षिक संस्था हो ।

एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनरका रूपमा कलेजले गुणस्तरीय शिक्षण, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणमार्फत अन्तर्राष्ट्रिय योग्यता हासिल गर्न विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस