• २०८३ बैशाख १७ गते बिहिवार

डा. बाबुराम भट्टराईले गरे सुकुम्बासीहरूको होल्डिङ सेन्टर तथा बस्तीको अवलोकन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीहरूको वर्तमान अवस्था बुझ्ने उद्देश्यले विभिन्न होल्डिङ सेन्टर तथा बस्ती क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन् ।

उनले आफ्नो कार्यकालमा करिब ३३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको २३३ युनिट क्षमताको इचङ्गुनारायणस्थित भवनको समेत विहिबार निरीक्षण गरेका छन् । त्यस क्रममा उनले सुकुम्बासीहरूको संख्या हालका वर्षमा बढ्दै गएको भन्दै उनीहरूको व्यवस्थापनका लागि अपनाइएका उपायबारे सरकारी निकायसँग गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।

डा. भट्टराईले भत्काइएका सुकुम्बासी बस्तीहरू, विभिन्न होल्डिङ सेन्टर तथा इचङ्गुनारायणको संरचनाको अवस्थाबारे पनि जानकारी लिएको सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस