कात्तिक १२, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् । जसमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन् ।

यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो ।विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ ।