• २०८३ भाद्र १३ गते शनिवार

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्तिमार्फत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सङ्घका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । क्यानले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्यानले विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सदैव प्रतिबद्ध रहने जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस