• २०८३ साउन १३ गते बुधवार

आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराले आफ्नै बाबुको हत्या गरेका छन्।

सानीभेरी गाउँपालिका–८ हुसीखोला बस्ने अन्दाजी २६ वर्षीय पारस घर्तीले आफ्नै बुवा ठगेन्द्र घर्तीलाई धारिलो हतियार हँसियाले टाउकोको पछाडिको भागमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो। घटनापछि पारस घर्तीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस