• २०८३ साउन १४ गते बिहिवार

मुगुका १२ जना विद्यार्थीमा दृष्टिदोष

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

साउन १३,मुगु ।  हिमाली जिल्ला मुगुका १२ जना विद्यार्थीमा दृष्टिदोष तथा आँखा स्वास्थ्यसम्बन्धी समस्या बढी देखिएको छ । मुगुको छायानाथ रारा नगरपालिका अन्तर्गत पर्ने दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीहरुमा दृष्टिदोष फेला परेको हो । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गमगढी मुगुले नगरपालिकाका कर्णाली माद्यमिक विद्यालय टोप्ला र नेपाल राष्ट्यि मिन माद्यमिक विद्यालयह भारेकोटमा गरिएको आँखा जाँचका क्रममा यस्तो समस्या देखिएको हो ।

आँखा उपचार केन्द्र मुगुका अनुसार ति दुई सामुदायिक विद्यालयमा अध्ययनरत ६⁄६ जनामा दृष्टि दोषको समस्या देखिएको छ । अस्वस्थकर खानपान, खेलकुद गतिविधि कम हुनु साथै आधुनिक ग्याजेट्सको अत्यधिक प्रयोग पाइएको छ । खाजाका रुपमा फास्टफुड नियमित उपभोग, शारीरिक व्यायामको अभाव, ग्याजेट्स बढी प्रयोगले यस्तो समस्या देखिएको जिल्ला आँखा उपचार केन्द्र मुगुका कार्यालय प्रमुख धुब्र बुढ्थापाले बताए । मोबाइल, टीभी, ल्यापटप, आइप्याडजस्ता विद्युतीय सामग्री धेरै बेर हेर्न वा प्रयोग गर्नाले पनि यस्तो समस्या निम्तिने जानकारी दिए ।
उनले थपे दृष्टि दोष भएका मानिसहरु देखेको वस्तुको आकृति आँखाको रेटिनामा बन्छ । यस्तो आकृति रेटिनामा बन्न सकेन भने आँखाले राम्ररी देख्न वा छुट्टाउन सक्दैन तर चस्मा लगाएमा देख्न सक्ने अवस्थालाई दृष्टि दोष भनिन्छ । दृष्टि दोष भएका मानिसले टाढा वा नजिक अथवा दुवै राम्ररी देख्दैनन् । टाढा वा नजिकको वस्तु राम्ररी देख्न वा पढ्न नसक्ने । आँखा धमिलो देख्ने । टाउको दुख्ने, आँखा डेढो देखिने ।

विद्यालय जाने उमेरका बालबालिकाहरूमा टाढा वा नजिक नदेख्ने, एकोहोरो चिहाएर हेर्ने आदि समस्या देखिएमा तुरुन्त आँखा जाँच गराउनु पर्दछ । साथै हरेक बालबालिकाको प्रत्येक ६ –६ महिनामा आँखा जाँच गराउनु पर्दछ ।

यस्तो समस्या समयमै पत्ता नलागेमा बालबालिकाको अध्ययनमा ध्यान केन्द्रित गर्ने क्षमता र समग्र शैक्षिक उपलब्धिमा असर पर्ने सम्भावना रहने प्रमुख बुढ्थापाले बताए । विद्यालयमा पढ्ने बालबालिकाले आफ्ना समस्या सहज रूपमा अभिव्यक्त गर्न नसक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने उनको भनाइ छ ।

अभिभावकलाई आफ्ना बालबालिकाको दृष्टि अवस्थाबारे समय–समयमा जानकारी लिन आग्रह गरे । यहि जेठ महिनाको ७ र ११ गते विद्यालयमा निशुल्क आँखा परिक्षण गरिएको थियो । जसमा टोप्ला विद्यालयमा छात्रा १ सय १८ र छात्र १४४ गरेर जम्मा २ सय ६२ जना लाई चेक गर्दा ६ जनामा दृष्टिदोष फेला परेको थियो भने त्यस्तै भारेकोट विद्यालयमा जम्मा १ सय ८५ जना लाई चेक गर्दा ६ जना लाई नै दृष्टि दोष देखिएको बताईएको छ । साथै दुई विद्यालय गरेर जम्मा ४ सय ४७ जना लाई चेकजाँच गरिएको थियो ।

साथै भारेकोट विद्यालयका एक विद्यार्थीलाई जटिल खालको विरामि हुदा यहाँ उपचार सम्भव नभएपछि आवश्यक सल्लाह सुझाव दिएर बाहिर रिफर गरिएको जिल्ला आँखा उपचार केन्द्र मुगुले जनाएको छ । उपचार पछि दृष्टिदोष भएका १२ छात्रछात्रालाई आँखा सम्बन्धि विभिन्न सल्लाह प्रदान गरिएको अस्पतालले जनाएको छ । बालबालिकामा दृष्टिदोष देखिएका विद्यार्थीलाई निःशुल्क चस्मा उपलब्ध गराएको नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस