• २०८३ साउन १३ गते बुधवार

सगरमाथामा बदलिँदो जलवायु असर, अनुमति प्रणालीमा अनुभवलाई प्राथमिकता दिनुपर्ने सुझाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

साउन १३, काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताएका छन् । शेर्पाले हाल सम्म ३१ पटक सगरमाथाको सफल आरोहण गसिकेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईसँगको विशेष कुराकानीमा अनुभवी आरोही शेर्पाले हिमाली क्षेत्रको मौसम, हिउँ पर्ने समय र आरोहण मार्गमा देखिएका परिवर्तनले जोखिम बढाइरहेको बताएका हुन् । उनले सगरमाथामा आरोहण अनुमति संख्या मात्र सीमित गर्नुभन्दा अनुभवी र योग्य आरोहीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘सगरमाथाको शिखर आरोहणका लागि कति जनालाई अनुमति दिने भन्ने निश्चित संख्या म भन्न सक्दिनँ, तर अनुमति दिँदा अनुभव र योग्यतालाई बढी ध्यान दिनुपर्छ,’ उनले भने । उनका अनुसार युरोपको एल्ब्रुस, अमेरिकाको डेनाली र अफ्रिकाको किलिमन्जारो जस्ता हिमाल आरोहण गरिसकेका आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित बन्न सक्छ ।

पासाङ दावाका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा मौसमको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको छ । विगतमा मुख्यतः हिउँदमा हुने हिमपात अहिले सेप्टेम्बर र अक्टोबरजस्ता अफ सिजनमा हुन थालेको उनले बताए । ‘गत सिजन सेप्टेम्बर र अक्टोबरमा भएको भारी हिमपातले खुम्बु क्षेत्र र उच्च हिमाली भेगका जनजीवन प्रभावित बनायो । यसले आरोही र स्थानीय समुदाय दुवैमा डर बढाएको छ,’ उनले भने ।

उनले सन् १९९६ तिर पनि सेप्टेम्बर–अक्टोबरमा भारी हिमपात हुँदा हिमपहिरो र ठूलो क्षति भएको स्मरण गरे । सगरमाथा आरोहणका क्रममा आफूले विगत केही वर्षयता मार्गमा समेत ठूलो परिवर्तन देखेको पासाङ दावाले बताए । ‘५–६ वर्षअघि खुम्बु आइसफलको बाटो रोलाङतर्फबाट खुल्थ्यो, अहिले नुप्चेपट्टिबाट खुल्छ । आरोहण मार्ग परिवर्तन भएको छ,’ उनले भने ।

उनका अनुसार नुप्चेबाट खुलेको नयाँ मार्ग हुँदै माथिल्लो भागसम्म पुग्ने बाटो प्रयोग भइरहेको छ । हिमनदी पग्लिने क्रम बढ्दा बरफ कमजोर हुने, चिरा (क्रेभास) बढ्ने र आइस संरचना अस्थिर बन्ने समस्या देखिएको उनको भनाइ छ ।

अध्ययनहरूले पनि सगरमाथा क्षेत्रको हिउँको आवरण पछिल्ला दशकमा घट्दै गएको देखाएका छन् । तापक्रम वृद्धिसँगै हिमपातको समय, मात्रा र वर्षाको स्वरूपमा परिवर्तन आएको वैज्ञानिकहरूले बताएका छन् ।

सगरमाथामा आरोहीको संख्या वर्षेनी बढ्दै जाँदा भीड व्यवस्थापन र सुरक्षाको विषय पनि चुनौती बन्दै गएको छ । सन् २०२६ मा सगरमाथाका लागि अनुमति र राजस्व संकलन उच्च स्तरमा पुगेको बताइएको छ । यस वर्ष मात्रै सगरमाथा आरोहणका लागि करिब ५०० अनुमति जारी गरिएको थियो । पासाङ दावाका अनुसार अनुभवी आरोहीको सहभागिता बढाउँदा दुर्घटनाको जोखिम घटाउन सकिन्छ ।

‘सगरमाथा आरोहण गर्ने धेरैजसो आरोही अनुभवी हुन्छन्, तर अन्य उच्च हिमाल आरोहणको अनुभवले उनीहरूलाई अझ तयार बनाउँछ,’ उनले भने । नेपाल सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण शुल्कसमेत वृद्धि गरेको छ । सन् २०२५ फेब्रुअरी ३ मा जारी गरिएको पर्वतारोहण नियमावलीको छैटौं संशोधनले ८ हजार मिटरभन्दा अग्ला हिमालमा एकल आरोहण (सोलो एक्सपेडिसन) गर्न रोक लगाएको छ ।

नयाँ व्यवस्थाअनुसार वसन्त ऋतुमा नेपालको सामान्य दक्षिणी मार्गबाट सगरमाथा आरोहण गर्ने विदेशी आरोहीको रोयल्टी शुल्क प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर पुगेको छ । यसअघि यस्तो शुल्क ११ हजार डलर थियो ।

यस्तै, शरद ऋतुको शुल्क ५ हजार ५०० डलरबाट बढाएर ७ हजार ५०० डलर पु¥याइएको छ भने हिउँद र मनसुन मौसमको शुल्क २ हजार ७५० डलरबाट बढाएर ३ हजार ७५० डलर बनाइएको छ । नेपाली आरोहीका लागि पनि वसन्त ऋतुको सामान्य मार्गको रोयल्टी शुल्क ७५ हजार रुपैयाँबाट बढाएर १ लाख ५० हजार रुपैयाँ पु¥याइएको छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि नेपालतर्फबाट करिब ७ हजार आरोहीले सगरमाथाको चुचुरोमा पाइला राखिसकेका छन् । तर, जलवायु परिवर्तन, बदलिँदो मौसम र बढ्दो आरोही चापका कारण विश्वकै अग्लो हिमालको भविष्यमा नयाँ चुनौती थपिँदै गएको आरोही तथा विज्ञहरूले बताउँदै आएका छन् । एएनआई

साउन १३, काठमाडौं । सगरमाथामा बदलिँदो जलवायु असर, अनुमति प्रणालीमा अनुभवलाई प्राथमिकता दिनुपर्ने सुझाव

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताएका छन् ।

शेर्पाले हाल सम्म ३१ पटक सगरमाथाको सफल आरोहण गसिकेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईसँगको विशेष कुराकानीमा अनुभवी आरोही शेर्पाले हिमाली क्षेत्रको मौसम, हिउँ पर्ने समय र आरोहण मार्गमा देखिएका परिवर्तनले जोखिम बढाइरहेको बताएका हुन् । उनले सगरमाथामा आरोहण अनुमति संख्या मात्र सीमित गर्नुभन्दा अनुभवी र योग्य आरोहीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘सगरमाथाको शिखर आरोहणका लागि कति जनालाई अनुमति दिने भन्ने निश्चित संख्या म भन्न सक्दिनँ, तर अनुमति दिँदा अनुभव र योग्यतालाई बढी ध्यान दिनुपर्छ,’ उनले भने । उनका अनुसार युरोपको एल्ब्रुस, अमेरिकाको डेनाली र अफ्रिकाको किलिमन्जारो जस्ता हिमाल आरोहण गरिसकेका आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित बन्न सक्छ ।

पासाङ दावाका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा मौसमको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको छ । विगतमा मुख्यतः हिउँदमा हुने हिमपात अहिले सेप्टेम्बर र अक्टोबरजस्ता अफ सिजनमा हुन थालेको उनले बताए । ‘गत सिजन सेप्टेम्बर र अक्टोबरमा भएको भारी हिमपातले खुम्बु क्षेत्र र उच्च हिमाली भेगका जनजीवन प्रभावित बनायो । यसले आरोही र स्थानीय समुदाय दुवैमा डर बढाएको छ,’ उनले भने ।

उनले सन् १९९६ तिर पनि सेप्टेम्बर–अक्टोबरमा भारी हिमपात हुँदा हिमपहिरो र ठूलो क्षति भएको स्मरण गरे । सगरमाथा आरोहणका क्रममा आफूले विगत केही वर्षयता मार्गमा समेत ठूलो परिवर्तन देखेको पासाङ दावाले बताए । ‘५–६ वर्षअघि खुम्बु आइसफलको बाटो रोलाङतर्फबाट खुल्थ्यो, अहिले नुप्चेपट्टिबाट खुल्छ । आरोहण मार्ग परिवर्तन भएको छ,’ उनले भने ।

उनका अनुसार नुप्चेबाट खुलेको नयाँ मार्ग हुँदै माथिल्लो भागसम्म पुग्ने बाटो प्रयोग भइरहेको छ । हिमनदी पग्लिने क्रम बढ्दा बरफ कमजोर हुने, चिरा (क्रेभास) बढ्ने र आइस संरचना अस्थिर बन्ने समस्या देखिएको उनको भनाइ छ ।

अध्ययनहरूले पनि सगरमाथा क्षेत्रको हिउँको आवरण पछिल्ला दशकमा घट्दै गएको देखाएका छन् । तापक्रम वृद्धिसँगै हिमपातको समय, मात्रा र वर्षाको स्वरूपमा परिवर्तन आएको वैज्ञानिकहरूले बताएका छन् ।

सगरमाथामा आरोहीको संख्या वर्षेनी बढ्दै जाँदा भीड व्यवस्थापन र सुरक्षाको विषय पनि चुनौती बन्दै गएको छ । सन् २०२६ मा सगरमाथाका लागि अनुमति र राजस्व संकलन उच्च स्तरमा पुगेको बताइएको छ । यस वर्ष मात्रै सगरमाथा आरोहणका लागि करिब ५०० अनुमति जारी गरिएको थियो । पासाङ दावाका अनुसार अनुभवी आरोहीको सहभागिता बढाउँदा दुर्घटनाको जोखिम घटाउन सकिन्छ ।

‘सगरमाथा आरोहण गर्ने धेरैजसो आरोही अनुभवी हुन्छन्, तर अन्य उच्च हिमाल आरोहणको अनुभवले उनीहरूलाई अझ तयार बनाउँछ,’ उनले भने । नेपाल सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण शुल्कसमेत वृद्धि गरेको छ । सन् २०२५ फेब्रुअरी ३ मा जारी गरिएको पर्वतारोहण नियमावलीको छैटौं संशोधनले ८ हजार मिटरभन्दा अग्ला हिमालमा एकल आरोहण (सोलो एक्सपेडिसन) गर्न रोक लगाएको छ ।

नयाँ व्यवस्थाअनुसार वसन्त ऋतुमा नेपालको सामान्य दक्षिणी मार्गबाट सगरमाथा आरोहण गर्ने विदेशी आरोहीको रोयल्टी शुल्क प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर पुगेको छ । यसअघि यस्तो शुल्क ११ हजार डलर थियो ।

यस्तै, शरद ऋतुको शुल्क ५ हजार ५०० डलरबाट बढाएर ७ हजार ५०० डलर पु¥याइएको छ भने हिउँद र मनसुन मौसमको शुल्क २ हजार ७५० डलरबाट बढाएर ३ हजार ७५० डलर बनाइएको छ । नेपाली आरोहीका लागि पनि वसन्त ऋतुको सामान्य मार्गको रोयल्टी शुल्क ७५ हजार रुपैयाँबाट बढाएर १ लाख ५० हजार रुपैयाँ पु¥याइएको छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि नेपालतर्फबाट करिब ७ हजार आरोहीले सगरमाथाको चुचुरोमा पाइला राखिसकेका छन् । तर, जलवायु परिवर्तन, बदलिँदो मौसम र बढ्दो आरोही चापका कारण विश्वकै अग्लो हिमालको भविष्यमा नयाँ चुनौती थपिँदै गएको आरोही तथा विज्ञहरूले बताउँदै आएका छन् । एएनआई

Sharing

प्रतिक्रिया दिनुहोस