जेठ १५, काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेलमा इरान र काजकिस्तान खेल्दैछन् ।

फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने छ । इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् ।
त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुदैछ । यो खेल दिउसो १ बजे हुनेछ ।