वैशाख १६, काठमाडौं । ओमानले नेपालविरुद्ध जारी खेलमा उत्कृष्ट शुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको ओमानले ३० ओभरमा २ विकेट गुमाएर १६४ रन बनाएको छ ।

ओमानका लागि कप्तान जतिन्दर सिंहले शतक बनाएका छन् । यो समाचार तयार गरुन्जेल उनले १०७ रन बनाएर खेलिरहेका छन् । एकदिवसीय क्रिकेटमा उनको यो पाँचौं शतक हो ।
नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका छन् भने सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।