वैशाख १६, काठमाडौं । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा पिएसजीले बायर्न म्युनिखलाई पराजित गर्दै अग्रता हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले बायर्न म्युनिखलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा उसमान डेम्बेलेले र ख्विचा क्वारत्स्खेलियाले २-२ गोल गरेका थिए भने जोआओ नेभेजले एक गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि ह्यारी केन, माइकल ओलीस, डायोट उपामेकानो र लुइस डियाजले एक एक गोल गरेका थिए ।
अब सेमिफाइनलको दोस्रो लिग बायर्नको घरेलु मैदानमा मे ७ मा हुने छ ।
च्याम्पियन्स लिगको सेमिफाइनलको अर्को खेल आज राति आर्सनल र एटलेटिको म्याड्रिडबीच हुने तालिका रहेको छ ।