• २०८३ बैशाख १८ गते शुक्रवार

कोशी प्रदेश सभाको अधिवेशन आव्हान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । कोशी प्रदेशको प्रदेश अधिवेशन आव्हान भएको छ । विहिबार प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठकको आह्वान गरेका हुन् ।

आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने तयारी सरकारको रहेको छ । प्रदेश सरकारले मासिक ८ लाख रुपैयाँ भाडा तिरेर सभागृहमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस