• २०८३ भाद्र १२ गते शुक्रवार

माथिल्लो त्रिशूली–३ ए का ११ जना कर्मचारी सम्पर्कमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा रहेको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा रहेको जनाएको छ ।

प्राधिकरणका अनुसार सम्पर्कमा रहेका कर्मचारीहरूमा सञ्जोगकुमार केसी, मोहन ज्ञवाली, रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी रहेका छन् ।

प्राधिकरणले उनीहरूको अवस्था सुरक्षित रहेको जानकारी दिएको छ । मोहन ज्ञवाली भने सेती फेवामा कार्यरत रहेको प्राधिकरणले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस