जेठ १४, काठमाडौं । एसियन गेम्स छनोट खेलमा इन्डोनेसियाले नेपाललाई ११४ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार गर्यो ।

कप्तान नन्दा साकारिनीले ६२ बलमा ३ चौकाको सहयोगमा अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट आफ्नो नाममा गरिन् ।