• २०८३ जेष्ठ २४ गते आइतवार

वुमेन्स च्यालेन्ज ट्रफीमा रुवाण्डामाथि नेपाल ३८ रनले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १५, काठमाडौं । नेपालले जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा रुवाण्डालाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले रुवाण्डालाई ३८ रनले पराजित गरेको हो । नेपालले दिएको १०४ रनको लक्ष्य पछाएको रुवाण्डाले १७.४ ओभरमा अल आउट हुदै ६५ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै नेपालले कप्तान इन्दु बर्माको ३३ र कविता कुँवरको २४ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो । योसंगै नेपालले रुवाण्डाविरुद्ध दुवै खेलमा जित हासिल गरेको छ । यो जितपछि नेपालको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक भएको छ भने रुवाण्डाको ७ खेलमा ८ अंक रहेको छ । अब नेपालले अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस