वैशाख १५, उदयपुर । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वेलका नगरपालिका-४ गौरीशंकर शिवालय टोल बस्ने ४५ वर्षीय हरि आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

हरिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।