चैत १४, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारलाई प्राथमिकता दिँदै १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ। शनिबार साँझ सार्वजनिक गरिएको उक्त कार्यसूची मन्त्रिपरिषद्को पहिलो बैठकले हिजो नै स्वीकृत गरेको थियो। तर, निर्णय भए पनि कार्यसूची सार्वजनिक भने आज मात्रै गरिएको हो।

सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमार्फत प्रशासनिक सुधार, सुशासन, सेवा प्रवाहमा प्रभावकारिता र जनतामुखी नीति कार्यान्वयनमा जोड दिने संकेत गरेको छ। प्रारम्भिक चरणमै स्पष्ट कार्ययोजना ल्याएर सरकार सक्रिय रूपमा काममा जुट्न खोजेको देखिएको छ।
Post Views: 222
Sharing