• २०८३ बैशाख २० गते आइतवार

नक्सालमा उच्चस्तरीय सुरक्षा छलफल पुनः सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पुनः सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग छलफलमा जुटेका छन्। उनी केहीबेर अघि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका हुन्।

स्रोतका अनुसार, छलफलमा दान बहादुर कार्की, राजु अर्याल, राजकुमार श्रेष्ठ, गणेश ठाडा मगर तथा ईश्वर कार्की सहभागी छन्। यसअघि पनि गृहमन्त्री गुरुङले आज साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग छुट्टै छलफल गरेका थिए। त्यसको केही समयपछि नै पुनः नक्सालमा बैठक बस्नुले सुरक्षा अवस्था र रणनीतिमा गम्भीर तयारी भइरहेको संकेत दिएको छ।

यसैदिन सरकारले ‘जेनजी आन्दोलन’ सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा संयन्त्र थप सतर्क बनाइएको छ। सोही निर्णयपछि नेपाल प्रहरी र सशस्त्रका सबै युनिटलाई ‘अलर्ट’ अवस्थामा रहन निर्देशन दिइसकेको छ।

सुरक्षा विश्लेषकहरूका अनुसार, पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थिति मध्यनजर गर्दै उच्चस्तरीय समन्वय र तयारी तीव्र पारिएको देखिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस