• २०८३ जेष्ठ २५ गते सोमवार

चित्लाङमाथि मछिन्द्रको सहज जित, शिर्ष स्थानमा उक्लियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौं । जारी राष्ट्रिय लिगमा मछिन्द्र क्लबले लगातार चौथो जित निकालेको छ । बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लबले चित्लाङ एफसीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा प्रदीप बुढाथोकी, जोनाथन जोरिल्ला र एलिजोन अलिजोनोभले एक एक गोल गरेका थिए । त्यसैगरी चित्लाङका लागि बिज्ञान खड्काले एक गोल फर्काएका थिए ।

यो जितपछि मछिन्द्रको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चित्लाङको भने ४ खेलमा ४ अंक रहेको छ र हाल १०औं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस