• २०८३ जेष्ठ १९ गते मङ्गलवार

जावलाखेललाई हराउदै एपीएफ राष्ट्रिय लिगको शिर्ष स्थानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौं । जारी राष्ट्रिय लिगमा एपीएफले लगातार चौथो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो ।

एपीएफको जितमा समिराज थोकरले दुवै गोल गरेका थिए भने जावलाखेलका लागि एक गोल धवेन्द्र कुँवरले गरेका थिए । यो जितपछि एपीएफ १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै जाउलाखेलको भने यो चौथो खेलमा तेस्रो हार हो । राष्ट्रिय लिगमा आज अर्को खेल चित्लाङ एफसी र मच्छिन्द्र क्लबबीच दिउसो ३ बजेदेखि सुरु हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस