• २०८३ कार्तिक ११ गते मङ्गलवार

टस जितेर विराटनगरले पहिले बलिङ गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

विराटनगर किङ्ग्स सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको छ भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन्। एनपीएलअन्तर्गत आज दुई खेल हुँदैछन्।

Sharing

प्रतिक्रिया दिनुहोस