• २०८३ असोज ११ गते आइतवार

बाँकेमा हुरीले धानबालीमा क्षति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, बाँके। लगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ । नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ ।

डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ । कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस