• २०८३ असोज ११ गते आइतवार

पहिरोको उच्च जोखिम: नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बागमती प्रदेशअन्तर्गत चितवन र धादिङका प्रमुख सडकखण्डमा जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबारदेखि भइरहेको लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेको छ।

यस्तै, धादिङ क्षेत्रमा परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गसमेत अवरुद्ध बनेको छ। बिहीबार राति करिब ११:१० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर र गजुरी गाउँपालिका–२ मा ठूला ढुंगासहितको पहिरो खसेपछि राजमार्ग दुवैतर्फ अवरुद्ध भएको हो।

अझै पनि निरन्तर वर्षा भइरहेको र थप पहिरो खस्ने जोखिम कायमै रहेकाले सडकको अवस्था सामान्य नभएसम्म उक्त क्षेत्रमा यात्रा नगर्न र सवारीसाधन नचलाउन प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस