चैत १३, काठमाडौं । नेपाल प्रहरी ले आफ्ना सबै तहका कर्मचारीलाई उच्च सतर्कतामा राख्दै जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई बर्दीसहित तयारी अवस्थामा बस्न निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले जारी गरेको सर्कुलरअनुसार त्यहाँ कार्यरत सबै प्रहरीहरूलाई बिहान ७ बजेदेखि नै चुस्ता पोसाक (बर्दी) मा ‘स्ट्यान्डबाइ’ रहन भनिएको स्रोतले जनाएको छ। आवश्यक परे तुरुन्तै परिचालन गर्न सकिने गरी यस्तो व्यवस्था गरिएको हो।
यसअघि शुक्रबार साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दान बहादुर कार्की सँग करिब डेढ घण्टा छलफल गरेका थिए। उक्त छलफलमा सशस्त्र प्रहरी बल का महानिरीक्षक राजु अर्याल पनि सहभागी भएका थिए।
उक्त उच्चस्तरीय छलफलपछि सुरक्षा सतर्कता बढाइएको बुझिएको छ।