• २०८३ असार १२ गते शुक्रवार

उपत्यकामा सुरक्षा सतर्कता बढाइयो, प्रहरी ‘अलर्ट’ अवस्थामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १३, काठमाडौं । उपत्यकाको सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न प्रहरी प्रशासनले आफ्ना सबै इकाइहरूलाई ‘अलर्ट’ अवस्थामा बस्न निर्देशन दिएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले शुक्रबार साँझ सर्कुलर जारी गर्दै मातहतका सबै प्रहरी कर्मचारीलाई शनिबारका लागि तयारी अवस्थामा रहन आदेश दिएको हो।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिइएको स्रोतले जनाएको छ। यसअघि नै नेपाल प्रहरी को प्रधान कार्यालय, नक्सालले आफ्ना कर्मचारीलाई बिहान ७ बजेदेखि नै बर्दीसहित ‘स्ट्यान्डबाइ’ रहन सर्कुलर जारी गरिसकेको छ। साथै सशस्त्र प्रहरी बल ले पनि आफ्ना सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ।

प्रहरी स्रोतका अनुसार सबै कर्मचारीलाई चुस्त पोसाकमा रहन र कुनै पनि बेला खटिन तयार रहन भनिएको छ।

यसैबीच, नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सँग करिब डेढ घण्टा छलफल गरेका थिए। सुरक्षा अवस्थाबारे भएको उक्त छलफललाई महत्त्वपूर्ण मानिएको छ।

सरकारले ‘जेनजी आन्दोलन’ दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा निकाय थप सक्रिय देखिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस