माघ १३, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसहित चार उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बालेनसहित नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचार संहिता उलंघन गरेको उजुरी परेपछि उनीहरुविरुद्ध स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ । उनीहरूलाई २४ घण्टा भित्र स्पष्टीकरण दिन आयोगले मंगलबार पत्र काटेको छ ।